Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु

    बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 885
    SHARES

    फाइल तस्विर

    भरतपुर । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ ।

    नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।



    गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो ।

    घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार