Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मकवानपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

    मकवानपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 492
    SHARES

    मकवानपुर । मकवानपुरमा आज बिहान सवारी दुर्घटनामा परि एक वृद्धाको मृत्यु भएको छ ।

    मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा गौरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।



    बसले ठक्कर दिँदा स्थानीय मनहरी-७ सुनाचुरीकी ७१ वर्षीया मनमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी थिङलाई हेटौंडा अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए ।

    ठक्कर दिने बस चालकलाई इलाका प्रहरी कार्यालय खैरहनी चितवनले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार