Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रदेश राजधानीका लागि जग्गा मागे हामी दिन्छौं : नागेश कोइराला

    प्रदेश राजधानीका लागि जग्गा मागे हामी दिन्छौं : नागेश कोइराला

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 972
    SHARES

    विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन्।

    प्रदेशको राजधानीका लागि धेरै संरचना यहाँ रहेको भन्दै उनले आवश्यक परे जग्गालगायत उपलब्ध गराउने बताएका हुन्।



    राजधानीका संरचना एकै ठाउँ हुनुपर्नेमा उनले बताए। एउटै कम्पाण्डभित्र संसद्सहित सबै मन्त्रालय भए काम गर्नसमेत सहज हुने उनको बुझाइ छ। राजधानीका संरचना छरिँदा प्रदेशमाथि व्ययभारसमेत थपिने भन्दै प्रमुख कोइरालाले राजधानी भनेको अंशवण्डा गरेजस्तो नभएको बताए।



    उनले धेरैतिर संरचना छरिँदा मन्त्रालयबीच समन्वयको अभाव हुने, प्रदेशसभा र मन्त्रिपरिषद् कार्यालय आउँदा र जाँदा समय बर्वाद हुने तर्क गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार