Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विराटनगर महानगरका मेयर नागेश कोइराला र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

    विराटनगर महानगरका मेयर नागेश कोइराला र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 393
    SHARES

    विराटनगर । विराटनगर महानगरको विकासका लागि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले समन्वय गर्न तयार रहेको बताएका छन्।

    बिहीबार विराटनगर महानगरका मेयर नागेश कोइरालासँगको भेटका क्रममा राजदूत थम्पसनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग समन्वयकारी भूमिका खेल्ने बताए।



    राजदूत थम्सनले भारतीय सीमा क्षेत्रसँग महानगर जोडिएको सन्दर्भमा मानव बेखविखन र ओसारपसारका सम्बन्धमा समेत जिज्ञासा राखेका थिए।



    भेटका क्रममा महानगरका मेयर कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार