Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अघिल्लो वर्षको भन्दा झण्डै १ अर्बले घटेर आयो विराटनगर महानगरको बजेट

    अघिल्लो वर्षको भन्दा झण्डै १ अर्बले घटेर आयो विराटनगर महानगरको बजेट

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 870
    SHARES

    विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

    महानगरपालिकाको दशौं अधिवेशनको क्रममा उपप्रमुख शिल्पा निराला कार्कीले चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम गर्दै बजेट प्रस्तुत गरेकी हुन् । आजकै अधिवेशनमा उनले महानगरपालिकाको नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेकी छिन् ।



    चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ।



    चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । उक्त बजेटको आकार संशोधन गर्दै महानगरले २ अर्ब ३२ करोड ८१ लाख १६ हजार हुने अनुमान गरेको छ ।

    महानगरपालिकाले वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरेको छ। महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो। महानगरले आगामी आर्थिक वर्षका लागि प्रशासनिक खर्च मात्रै ६८ करोड रुपैयाँ विनियोजन गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार