Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आफ्नै घोषणा विपरीत सरकारी गाडी चढ्दै विराटनगरका मेयर कोइराला

    आफ्नै घोषणा विपरीत सरकारी गाडी चढ्दै विराटनगरका मेयर कोइराला

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 948
    SHARES

    बिराटनगर । स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धता जनाएका विराटनगरका प्रमुख मेयर नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्ने बताएका छन् ।

    कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक सूचना जारी गरेर निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखिएको भन्दै यस्तो निर्णय गरेको बताएका छन् ।



    महानगरपालिका प्रमुखले प्रयोग गर्ने गाडी लामो समयसम्म प्रयोग नगर्दा बिग्रिने भएका कारण निजी काम बाहेक सरकारी गाडी प्रयोग गर्ने उनले बताए ।



    मेयर कोइरालासँग तीन करोड ३० लाख रुपैयाँमा खरिद गरेको निजी गाडी छ । यो गाडी गत चैतमा मात्रै खरीद गरेका थिए ।

    सबै विषयमा पारदर्शिता अपनाउने बताउँदै उनले आफ्नो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार