Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नक्कली कागजात पेस गरी टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान लागेका पाँच युवती पक्राउ

    नक्कली कागजात पेस गरी टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान लागेका पाँच युवती पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 876
    SHARES

    काठमाडौं । नक्कली कागजात पेस गरी टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान लागेका पाँच युवती त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका छन् ।

    पर्यटक प्रवेशाज्ञा टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान लागेका पाँच युवतीले पेस गरेको कागजात नक्कली भेटिएपछि अध्यागमनले पक्राउ गरी उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो ।



    पक्राउ पर्नेमा माया तामाङ, पार्वती सार्की,अञ्जु बोहोरा,करुणा सिंह ठकुरी र सोमी धिताल रहेको विमानस्थल प्रहरीले बताएको छ ।



    ती युवतीहरु जजीरा एयरबाट कुवेत हुँदै युएई जाने तयारीमा रहेका थिए । गृह मन्त्रालयले टुरिष्ट भीसामा खाडी मुलुक गएर काम गर्न निरुत्साहित गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार