Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भयो : ईश्वर पोखरेल

    नागरिकता विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भयो : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 945
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन् ।

    अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको गोष्ठीमा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।



    संघीय संसदले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको उनले बताए ।



    केवल चुनावी स्वार्थका लागि विदेशीहरूसँगको साँठगाँठमा गठबन्धन सरकारले हतार हतार नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याएको पोखरेलको आरोप छ ।

    यसअघि एमालेले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश र अहिले सरकारले ल्याएको विधेयक एउटै भन्नु सरासर गलत भएको उनको जिकिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार