Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्र हितका लागि नागरिकता विधेयक फिर्ता भएको हो,राष्ट्रपतिलाई विवादमा नल्याऔं : विशाल भट्टराई

    राष्ट्र हितका लागि नागरिकता विधेयक फिर्ता भएको हो,राष्ट्रपतिलाई विवादमा नल्याऔं : विशाल भट्टराई

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 810
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद विशाल भट्टराईले नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा नल्याउन आग्रह गरेको छ।

    मंगलबार प्रतिनिधि सभामा बोल्दै भट्टराईले आफ्नो अधिकार प्रयोग गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचारका लागि नागरिकता विधेयक संसदमा फिर्ता गरेको बताएका हुन्।



    उनले भने,’नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरु विभाजित हुनुहुँदैन। राजनीतिक दलहरुबीच सहमति कायम गरेर नागरिकतासम्बन्धी निर्णय गरौं।’



    राष्ट्रपति भण्डारीले काननुविदहरुसँग बृहत छलफल गरेर राष्ट्र हितका लागि सो विधेयक फिर्ता गरेको उनको भनाइ छ।

    उनले भने,’प्रधानमन्त्रीज्यूसँग समेत परामर्श गरेपछि राष्ट्रपतिले विधेयक फिर्ता गर्नु भएको हो। राष्ट्रपतिलाई विवादमा ल्याउन आवश्यक छैन।’

    उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको विषयलाई एमालेसँग नजोड्न समेत आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार