Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले प्रमुख सचेतक भट्टराईसहितका सांसदले दर्ता गराए संसद स्थगनको प्रस्ताव

    एमाले प्रमुख सचेतक भट्टराईसहितका सांसदले दर्ता गराए संसद स्थगनको प्रस्ताव

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 630
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका १५ सांसदले संसदमा स्थगन प्रस्ताव दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले स्थगन प्रस्ताव दर्ता गराएका हुन् ।

    जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्ने स्थगनको प्रस्तावमा उल्लेख गरिएको छ । उक्त प्रस्तावमाथि सोमबारको संसद्मा छलफल हुने भएको छ ।



    स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने बताइएको छ ।



    संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकमा भट्टराईले पेश गर्ने कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार