Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • महाअभियोग समितिमा सहभागी हुनु र संसद अवरोध फरक बिषय हुन्: एमाले

    महाअभियोग समितिमा सहभागी हुनु र संसद अवरोध फरक बिषय हुन्: एमाले

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 921
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महाअभियोग सिफारिस समितिमा सहभागी हुनु र संसद अवरोध फरक-फरक बिषय भएको बताएको छ।

    आइतबार प्रतिनिधिसभा बैठक सकिएलगत्तै पत्रकारहरुसँगको कुराकानीमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।



    ‘हामी संसदीय समितिका गतिविधिमा सहभागी हुँदै आएका छौं। त्यसमा हामीले बहिस्कार गर्ने वा भाग नलिने गरेका छैनौं। त्यसरी नै महाभियोग सिफारिस समितिमा सहभागी भएका हौं,’ भट्टराईले भने, ‘महाभियोग सिफारिसलाई संसद् अवरोध प्रक्रियासंग जोड्न मिल्दैन। हामीले संसद अवरोध जारी राख्छौं।  यी दुई फरक कुरा हुन्।’



    आइतबार बसेको प्रतिनिधिसभा बैठकले राणाविरुद्ध दर्ता भएको महाअभियोगका सन्दर्भमा छानबिन गरी महाअभियोग लगाउने वा खारेज गर्ने सम्बन्धमा सिफारिस गर्न ११ सदस्यीय समिति गठन गरेको थियो । जसमा एमालेबाट विष्णु पौडेल,लालबाबु पण्डित, शिवमायता तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल समितिमा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार