Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महाभियोग सिफारिस समितिमा एमालेको ३ बुँदे फरक मत

    महाभियोग सिफारिस समितिमा एमालेको ३ बुँदे फरक मत

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा नेकपा एमालेले तीन बुँदे फरक मत राखेको छ ।

    आन्तरिक कार्यविधि र कार्यतालिका पारित गर्न बुधबार बसेको बैठकको सुरुमै सिफारिस समितिमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद विष्णु पौडेलले ३ बुँदे फरक मत राखेका हुन् । एमालेले महाअभियोग प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता भएकामा समितिमा पठाउन ढिलाइ गर्नुको कारण सभामुखसँग माग गर्नुपर्ने बताएको छ ।



    त्यस्तै प्रतिनिधिसभा नियमावलीअनुसार महाअभियोगमाथि छानबिनका लागि समितिले ३ महिना समय पाउनुपर्नेमा नपाउने अवस्था आउनुको कारण पनि माग गर्नुपर्ने एमालेको भनाइ छ ।



    एमालेले समितिको प्रतिवेदन संसदमा पेस हुने र निर्णयार्थ पेस हुने सुनिश्चितता पनि माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार