Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महाअभियोग सिफारिस समितिको बैठक बस्दै

    महाअभियोग सिफारिस समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ बजे बस्न लागेको हो ।

    मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको थियो ।



    संघ र प्रदेश तहको निर्वाचनको मिति घोषणा भइसकेको र समितिलाई तीन महिनाका लागि समय दिएको उल्लेख गर्दै एमालेले यस्तो परिस्थितिमा छानबिनका लागि कठिनाइ हुनसक्ने बताउँदै आएको छ ।



    बैठकमा एमाले सांसद विष्णु पौडेलले महाअभियोग प्रस्ताव दर्ता हुँदा सदन नचलेको भए १५ दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए तीन दिनभित्र महाअभियोग प्रस्तावमा छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै विरोध गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार