Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महाअभियोग सिफारिस समितिको दोस्रो बैठक मंगलबार बस्दै

    महाअभियोग सिफारिस समितिको दोस्रो बैठक मंगलबार बस्दै

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 954
    SHARES

    काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक मंगलबार बस्ने भएको छ ।

    समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो ।  दोस्रो बैठक ७ गते  मंगलबार दिउँसो २ बजे बैठक बस्ने तय भएको हो ।



    उक्त बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची छ ।



    प्रतिनिधिसभामा दर्ता भएको जबरा विरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो । जिम्मेवारी पाएको नौ दिनपछि महाअभियोग सिफारिस समितिको पहिलो बैठक बसेको थियो ।

    पहिलो बैठक बसेको सात दिनपछि मंगलबार दोस्रो बैठक बस्न लागेको हो । १ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार