Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • निलम्बनको १० महिनापछि अनिवार्य अवकाशमा चोलेन्द्र

    निलम्बनको १० महिनापछि अनिवार्य अवकाशमा चोलेन्द्र

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 603
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विवादग्रस्त कार्यकाल आजबाट सकिएको छ । उनीमाथि दायर भएको महाअभियोग प्रस्तावको कुनै टुंगो नलाग्दै उमेर हदका आधारमा जबराले अवकाश पाएका हुन् ।

    विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गरेका जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो ।



    महाभियोग निष्कर्षमा पुर्‍याउन समय लगाएर आफूलाई अन्याय गरेको दाबीसहित यही मङ्सिर २० गते उनले संसद सचिवालयमा महाअभियोग निष्प्रभावी भएको पत्र माग गर्दै निवेदन दिएका थिए ।



    मागअनुसार संसद् सचिवालयले २१ गते पत्र दिएको थियो । संसद् सचिवालयको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पर्‍यो । सर्वोच्च अदालतले शुक्रबार उक्त पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

    त्यसपछि जबराले अदालतमा गएर निलम्बन फुकुवा भएर कामकाज गरेर अवकाश लिने इच्छा पूरा हुनसकेन । जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशका रुपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले काम गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार