Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • महाभियोगको कलंक बोकेरै निलम्बित प्रधानन्यायाधीश जबरा अनिवार्य अवकाशमा

    महाभियोगको कलंक बोकेरै निलम्बित प्रधानन्यायाधीश जबरा अनिवार्य अवकाशमा

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 681
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आजदेखि अनिवार्य अवकाश पाएका छन् ।

    नियुक्त भएदेखि नै विवादै विवादमा तानिएका जबरा ६५ वर्षे उमेरहदका कारण आजबाट अनिवार्य अवकाशमा जान लागेका हुन् ।



    झन्डै चार वर्षको कार्यकालमा जबराले १० महिना निलम्बित अवस्थामै रहे । कार्यकालको अन्तिम वर्षमा उनले महाभियोगको सामना गर्नुपर्‍यो । निवृत्त हुँदा पनि जबराले आफूमाथि लागेको महाभियोगको कलंक बोकेरै जाँदै छन्।



    जबराविरुद्ध २१ वटा आरोप लगाएर सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले गत फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । जबरा २०५३ सालमा न्याय सेवामा प्रवेश गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार