Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई पनि कारण देखाऊ आदेश

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई पनि कारण देखाऊ आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 657
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले महाभियोग निष्प्रभावी भएको भन्दै पत्र लिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पनि कारण देखाऊ आदेश जारी गरेको छ ।

    महाअभियोग किन निष्प्रभावी हुनुपर्ने हो भन्दै आज बसेको संवैधानिक इजलासले जबरासँग ७ दिन भित्र जवाफ माग गरेको हो ।



    बुधवार संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएका थिए । पत्र पाएपछि जबरा पनि सर्वोच्च जाने तयारीमा थिए। सो पत्रविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै इजलासले निलम्बित प्रधानन्यायधीशलाई नै जवाफ पेस गर्न भनेको हो ।



    संवैधानिक इजलासले जारी गरेको कारण देखाऊ आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो, निवेदको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार र कारण भए सो समेत खुलाई म्याद सूचना प्राप्त भएको मितिले बाटोका म्यादबाहेक सात दिनभित्र प्रत्यर्थिमध्येका सम्माननीय प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरूले महान्याधिवक्तको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नू ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार