Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चोलेन्द्रको निलम्बन फुकुवा गर्ने पत्रविरुद्धको रिटउपर बहस सकियो, आदेशको तयारी

    चोलेन्द्रको निलम्बन फुकुवा गर्ने पत्रविरुद्धको रिटउपर बहस सकियो, आदेशको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 630
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटउपर बहस सकिएको छ ।

    सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ भएको थियो ।



    संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।



    बहस सकिएपछि संवैधानिक इजलासका न्यायाधीशहरु आफ्नो इजलासमा गएका छन्। सर्वोच्च अदालत प्रशासनले केही बेरमा आदेश आउने जानकारी दिएको छ।

    प्रारम्भिक सुनुवाइका क्रममा बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ताहरुले महासचिवको उक्त पत्र विधि र प्रक्रिया विपरीत भएको दाबी गरेका छन्।

    राणाले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि संसद सचिवालयले उनीमाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार