Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारले चुनाव प्रभावित गर्न सीडीओ र प्रहरी प्रमुखको सरुवा गर्‍यो : विशाल भट्टराई

    सरकारले चुनाव प्रभावित गर्न सीडीओ र प्रहरी प्रमुखको सरुवा गर्‍यो : विशाल भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 906
    SHARES

    काठमाडौं । आसन्न निर्वाचन प्रभावित गर्न सरकारले आफू निकटका कर्मचारीको सरुवा गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेले चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्न माग गरेको हो ।

    बुधवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले प्रमुख सचेतक विशाल भट्टराईले कामचलाउ सरकारले चुनाव प्रभावित गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी प्रमुख र कार्यकारी अधिकृतको सरुवा गरेको आरोप लगाएका हुन् ।



    भट्टराईले भने, ‘रिक्त भएको ठाउँमा निर्वाचन आयोगको सहमति लिएको भए हामीले विरोध गर्ने थिएनौं । अहिले मिल्ने भए झण्डै बोक्नेलाई जिल्लामा पठाउने काम गरिरहेको छ ।



    ’कामचलाउ सरकारको रूपमा रहेको सरकारले धमाधम दूरगामी महत्त्वका विधेयक ल्याउने र कर्मचारीको जथाभावी सरुवा गरिरहेको उनले बताए । स्वतन्त्र निर्वाचनमा हस्तक्षेप गर्न खोजिए प्रतिवाद गर्ने चेतावनी एमालेले दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार