Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सात दिनभित्र कारण पेस गर्न निर्देशन

    स्थानीय चुनावको खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवार कारबाहीमा

    स्थानीय चुनावको खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवार कारबाहीमा

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 849
    SHARES

    काठमाडौं । गत स्थानीय चुनावको खर्च विवरण पेश नगर्ने देशभरका १ लाख २३ हजार ७८३ उम्मेदवारलाई कारवाही गर्न निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाएको छ ।

    निर्वाचनको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था भए पनि उम्मेदवारले नबुझाएपछि आयोगको यस्तो निर्णय सार्वजनिक भएको हो ।



    स्थानीय तह सदस्य निर्वाचनमा भाग लिएर तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार १३१ जना र ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने आठ हजार ६५२ जना समेत कूल जम्मा एक लाख २३ हजार ७८३ जना अब कारबाहीको दायरमा आएका हुन्।



    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, उम्मेदवारलाई तोकिएको समयावधिभित्र कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो भनी आफ्नो सफाइसहितको स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिएको छ ।

    आयोगले जारी गरेको सूचनामा भनिएको छ ‘निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलोगरी निर्वाचन खर्चको विवरण बुझाउने ८,६५२ जना समेत कूल जम्मा १ लाख २३ हजार ७८३ जना उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईंहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भनी आफ्नो सफाईसहितको स्पष्टीकरण ७ (सात) दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले आदेश दिएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार