Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वामदेवले फेरि पनि चुनाव हार्ने निश्चित छ : युवराज दुलाल

    वामदेवले फेरि पनि चुनाव हार्ने निश्चित छ : युवराज दुलाल

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज दुलाल शरदले वामदेव गौतमलाई जनताले अनुमोदन नगर्ने बताएका छन्।

    संयोजक गौतम माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने सहमति भएपछि असन्तुष्टि जनाएका हुन्।



    उनले फेसबुकमा लेखेका छन्, ‘…भन्दा देख्नेलाई लाज। हामी कोही राजनीतिकर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुदैन नी।



    राष्ट्रिय सभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन। गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा उठे पनि हुदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् । चेतना भया।’

    राष्ट्रिय सभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता नभएको उनको बुझाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार