Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भदौ ३ र ४ मा हुने वाइसीएल राष्ट्रिय भेलाको सबै तयारी पुरा

    भदौ ३ र ४ मा हुने वाइसीएल राष्ट्रिय भेलाको सबै तयारी पुरा

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 810
    SHARES

    काठमाडौ । माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ष्ट लिग (वाइसीएल) ले भदौ ३ र ४ गते गर्ने तय भएको राष्ट्रिय भेलाको सबै तयारी पुरा भएको  छ ।

    शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नीति र नेतृत्व चयन गर्दै सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गरिने भएको हो ।



    भेलाको उद्घाटन सत्रलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष सम्वोधन गर्ने वाइसिएल प्रचार विभाग प्रमुख पुष्प ओलीले बताए ।



    नयाँ नेतृत्वको रुपमा हालका सहसंयोजक सुवोध श्रीपाली अध्यक्ष हुने भएका छन् । अध्यक्षसहित ३५ सदस्यीय पदाधिकारी चयन हुने भएका छन् । अध्यक्षमा सर्वसम्मत जस्तै भएकाले उपाध्यक्षसहित महासचिव समेत सहमतिबाटै टुंगो लगाइने भएको छ । यदि सहमति नभए चुनावी प्रतिस्पर्धाबाट चयन गर्ने तयारी छ । वर्तमान संयोजक सुमन देवकोटाको उमेर हद ४० पुरा भएकाले नयाँ नेतृत्वको रुपमा श्रीपाली आउने भएका छन् ।

    काठमाडौंमा हुने राष्ट्रिय भेलामा देशभरबाट एक हजार प्रतिनिधि पर्यवेक्षक सहभागी हुने ओलीले बताए । माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको राष्ट्रिय भेलालाई महत्वको साथ हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार