Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • आज पनि रुकुम पश्चिममा गठबन्धन दलका कार्यकर्ताबीच झडप, १० जना घाइते

    आज पनि रुकुम पश्चिममा गठबन्धन दलका कार्यकर्ताबीच झडप, १० जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.3K
    SHARES

    रुकुम पश्चिम । रुकुम पश्चिमको आज पनि गठबन्धन दलका कार्यकर्ताबीच झडप भएको छ । मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको हो । आपसी विवादका क्रममा दुई पक्षीयबीच झडप भएको हो ।

    झडपका क्रममा दुबै पक्षका गरी १० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मिलेका छन् ।



    रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो । शुक्रबार पनि त्यहाँ झडप भएको थियो ।



    शुक्रबार रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ घारीगाउँमा चुनावमा गठबन्धन गरेका दल नेपाली कांग्रेको भातृ संस्था नेपाल तरूण दल र नेकपा माओवादी केन्द्रको भातृ संस्था वाइसिएलका युवाबीच झडप भएको थियो। शुक्रबार राति दुबै पक्षका ५०–६० जनाको समूहबीच झडप हुँदा पाँच जना घाइते भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार तरूण दलका तीन जना र वाइसिएलका दुई जना घाइते छन्। घाइते हुनेहरुमा तरूण दलका योगेश विष्ट, मानबहादुर विक र यज्ञचन गिरी छन् भने वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार