Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • गठबन्धन दलका भातृ संस्था वाइसिएल र तरूण दलबीच झडप, पाँच घाइते

    गठबन्धन दलका भातृ संस्था वाइसिएल र तरूण दलबीच झडप, पाँच घाइते

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ घारीगाउँमा चुनावमा गठबन्धन गरेका दल नेपाली कांग्रेको भातृ संस्था नेपाल तरूण दल र नेकपा माओवादी केन्द्रको भातृ संस्था वाइसिएलका युवाबीच झडप भएको छ। शुक्रबार राति दुबै पक्षका ५०–६० जनाको समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार तरूण दलका तीन जना र वाइसिएलका दुई जना घाइते छन्।



    घाइते हुनेहरुमा तरूण दलका योगेश विष्ट, मानबहादुर विक र यज्ञचन गिरी छन् भने वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते छन्।



    घाइतेमध्ये तरूण दलका योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ। अरूकोचौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुबहादुर सोतीले जानकारी गराए ।

    ईलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनामा संलग्नहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको सोतीले जानकारी दिए।

    नेपाली कांग्रेस रूकुम पश्चिमले विज्ञप्ति निकालेर घटनाको भत्सना गरेको छ। रूकुम पश्चिममा नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल बलियो देखेर माओवादी केन्द्रले विभिन्न तवरले आक्रमण गर्ने गरेको कांग्रेसको भनाइ छ।

    कांग्रेस सभापति प्रेमप्रकाश वलीले भनेका छन्–‘माओवादीसँग चुनावी तालमेल गर्ने राष्ट्रिय सहमति कार्यान्वयन हुन नसकेपछि अरू दलहरुसँग भएको चुनावी तालमेलबाट आत्तिएर रूकुम पश्चिममा माओवादीले भौतिक आक्रमण गरिरहेको छ ।’

    यसअघि पनि माओवादी केन्द्रका कार्यकर्ताहरूले आठविसकोट नगरपालिका–८ का उम्मेदवार चन्द्रबहादुर बुढा लगायतका काँग्रेस नेता तथा कार्यकर्तामाथि आक्रमण गरेका थिए।

    यस्तै त्रिवेणी गाउँपालिका(५ मा उपाध्यक्ष उम्मेदवारले प्रयोग गर्ने गाडी जबरबजस्ती लिएको, अध्यक्षका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड गरेको, घरमा आगजनीको प्रयास गरेको, गरगहना, नगद लुटपाट जस्ता कार्य माओवादीले कांग्रेसलाई लक्षित गरिरहेको विज्ञप्तिमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार