Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वाइसीएल अध्यक्ष शेर्पाली भन्छन् – बालेनको काम स्वागतयोग्य छ, कसैले धम्की नदिए हुन्छ

    वाइसीएल अध्यक्ष शेर्पाली भन्छन् – बालेनको काम स्वागतयोग्य छ, कसैले धम्की नदिए हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन शाहको पछिल्लो कार्य स्वागतयोग्य भएको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताएका छन् ।



    केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् ।



    आफ्नो वा पराई कोहि नभनी सधैं राज्यको भौतिक सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि उनले शाहलाई आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार