Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेस कार्यकर्तामाथि माओवादीको ज्यादती, सवारीसाधनमा समेत आगजनी र तोडफोड

    कांग्रेस कार्यकर्तामाथि माओवादीको ज्यादती, सवारीसाधनमा समेत आगजनी र तोडफोड

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । रुकुम पश्चिममा कांग्रेस र माओवादी कार्यकर्ताबीचको झडपले उग्र रुप लिंदै गएको छ । दिनहुँ झडप हुन थालेपछि मित्रवत प्रतिस्पर्धा गर्ने लिखित सहमतिमा गरिएको भएपनि आज फेरि झडप भएको छ ।

    हिजो दुवै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका थिए । तर, आज आठबीसकोट नगरपालिकामा कांग्रेस र माओवादीबीच फेरि झडप भएको छ ।



    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबीसकोट नगरपालिका–१० को घारीखोलामा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका हुन् ।



    घरदैलोका क्रममा माओवादी कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेका कांग्रेसका कार्यकर्ताहरुले जनाएका छन् । माओवादीको आक्रमणपछि कांग्रेस कार्यकर्ताहरुले आफूले प्रयोग गरेको सवारीसाधन नै छोडेर भागेका थिए ।

    यसरी छाडिएको मोटरसाइकलमा माओवादी कार्यकर्ताले आगजनि गरेका छन् । कांग्रेस कार्यकर्ताले छाडेको भे८प ३६२० नम्बरको माटरसाईकलमा माओवादी कार्यकर्ताले आगो लगाइदिएका छन् । भे७प ३०६५ नम्बरको मोटरसाईकल रोडबाट खेतमा खसालिएको छ भने रा४प १८७० नम्बरको मोटरसाइकल र लु१ ज २६६१ नम्बरको जिपमा पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

    हिजो कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाएका थिए ।

    माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । तर, सहमति पत्रको मसी सुक्न नपाउँदै झडप भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार