Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पुटिन र सी जिनपिङ जी–२० शिखर सम्मेलनमा सहभागी हुने

    पुटिन र सी जिनपिङ जी–२० शिखर सम्मेलनमा सहभागी हुने

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताएका छन् ।

    विडोडोले भने, ‘सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनुभएको छ ।’



    अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय देशहरूले रुसी नेता पुटिनले युक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिष्कार गर्नसक्ने बताएका थिए भने तीनै देशका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर रुस र चीनलाई एकतर्फी आफ्ना कुरा राख्न दिन नहुने बताउँदै सम्मेलनमा सहभागिता जनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।



    पछिल्लो समय अमेरिका र चीनबीच ताइवान विषयलाई लिएर तनाव बढिरहेका समय यो उच्चस्तरीय सम्मेलन हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार