Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रुसी राष्ट्रपतिमा पुटिन ८७.२८ प्रतिशत मतका साथ विजयी

    रुसी राष्ट्रपतिमा पुटिन ८७.२८ प्रतिशत मतका साथ विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 597
    SHARES

    एजेनसी । रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन ८७.२८ प्रतिशत मत प्राप्त गर्दै पुनः राष्ट्रपतिमा विजयी भएका छन् ।

    रुसी केन्द्रीय निर्वाचन आयोगका अनुसार सोमबार साँझ सबै मतगणना सकिएको हो । जसमा पुटिनले ८७.२८ प्रतिशत मतका साथ चुनाव जितेका छन् ।



    कम्युनिष्ट पार्टीका उम्मेदवार निकोलाई खारितोनोभले ४.३१ प्रतिशत मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे भने न्यु पिपुल्स पार्टीका प्रतिनिधि भ्लादिस्लाव दाभान्कोभले ३.८५ प्रतिशत मत प्राप्त गरे ।



    लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख लियोनिद स्लुत्स्की ३.२ प्रतिशतका साथ चौथो स्थानमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार