Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रुसी राष्ट्रपति पुटिनको चेतावनी – युक्रेनमा पश्चिमाले सेना पठाए मानव सभ्यता विनाश हुन्छ

    रुसी राष्ट्रपति पुटिनको चेतावनी – युक्रेनमा पश्चिमाले सेना पठाए मानव सभ्यता विनाश हुन्छ

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी टीकाटिप्पणीले ‘आणविक हतियारको प्रयोगसहितको युद्ध र फलस्वरूप (मानव) सभ्यताको विनाश’ हुने चेतावनी दिएका छन् ।

    सन् २०२४ को रुसी राष्ट्रपतीय निर्वाचनको दुई साताअघि राष्ट्रका नाममा वार्षिक सम्बोधन गर्दै पुटिनले यस्तो धम्की दिएका हुन् ।



    उनले पश्चिमा मुलुकहरूलाई युक्रेनमा सेना नपठाउन आग्रह गरे । पुटिनले युक्रेनमा पश्चिमी सेना तैनाथ गरिए परिणाम निकै ‘दुःखद’ हुने चेतावनी दिए ।



    यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले युक्रेनमा पश्चिमी सेना पठाउन सकिने किसिमको टिप्पणी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार