Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईजीपीले गरे पूर्व प्रहरी कर्मचारीको प्रशंसा

    आईजीपीले गरे पूर्व प्रहरी कर्मचारीको प्रशंसा

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं।  प्रहरी महानिरीक्षक (आईजीपी ) धिरज प्रताप सिंहले पूर्व तथा वहालवाला प्रहरी कर्मचारीहरूवीच आपसी भाइचारा र भातृत्वलाई अक्षुण राखी सौहार्द र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव कटिवद्ध रहेको बताएका छन् ।

    नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित भिडियो कन्फ्रेन्स मार्फत् पूर्व प्रहरी कर्मचारीसँग अन्तरक्रिया गर्दै आईजीपी सिंहले पूर्व प्रहरी कर्मचारी तथा अग्रज प्रहरीहरुले आफ्नो जीवनकालको अत्यन्त उर्जाशील समय संगठनको विकास र श्रीवृद्धिमा खर्चिएर पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै उनीहरूप्रति संगठन सदैव अनुग्रहित रहेको बताए ।



    उनले प्रहरीको संस्थागत विकास एवम् सेवा प्रवाहमा पूर्व प्रहरी कर्मचारीबाट सल्लाह, सुझाव एवम् रचनात्मक सहयोग सदैव प्राप्त हुने विश्वास  व्यक्त गरे । साथै आईजीपी सिंहले पूर्व प्रहरी कर्मचारी तथा वहालवाला प्रहरी कर्मचारीहरूको आत्मसम्मान, सन्ततीहरूको शिक्षा र स्वास्थ्य क्षेत्र लगायतका कल्याणकारी कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको चर्चा गरे ।
    पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानले धन्यवाद ज्ञापनगरेको कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका कार्यवाहक अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रूप सागर मोक्तान र नेपाल पूर्व प्रहरी कर्मचारी परिषद्का अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेश कुमार श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।



    साथै पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्त बहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै अन्तरक्रियाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार