Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बैंकिङ कसुर मुद्दामा अदालतबाट १२ लाख जरिवाना ठहर भएका एकजना पक्राउ

    बैंकिङ कसुर मुद्दामा अदालतबाट १२ लाख जरिवाना ठहर भएका एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 951
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले अदालतबाट १२ रुपैयाँ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट रु १२ लाख जरिवना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीय सविना थापालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।



    उच्च अदालत पाटनको विसं २०७९ असार ७ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार थापालाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको एनआइसी एसिया बैंक लिमिटेड भक्तपुर शाखाको चेक दिएर बैकिङजन्य कसुर गरेकी थिइन् ।

    थापालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार हिजो कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा पठाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार