Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कैलालीको अत्तरिया चोकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

    कैलालीको अत्तरिया चोकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.1K
    SHARES

    कैलाली । कैलालीको अत्तरिया चोकमा भेटिएको शंस्कापद वस्तु डिस्पोज गरिएको छ ।

    नेपाली सेनाको डिस्पोजल टोलीले गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा राखिएको उक्त वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै रहेको शंकास्पद वस्तुलाई पनि निस्क्रिय पार्ने तयारी रहेको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।



    मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए ।

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार