Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दाङमा आफ्नै टिप्परमा आगो लगाउने तीन जना पक्राउ

    दाङमा आफ्नै टिप्परमा आगो लगाउने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.1K
    SHARES

    दाङ । बीमाका लागि आफ्नै टिपरमा आगो लगाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा घोराही उपमहानरपालिका–१८ बस्ने ४३ वर्षीय टिप्परधनी धनेश्वर भण्डारी, राप्ती गाउँपालिका–८ पिपरिया बस्ने ३२ वर्षीय चालक अरुण चौधरी र दाङ गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने १७ वर्षीय सहचालक आकाश चौधरी रहेका छन् ।



    मंगलवार बिहान नेपाल बन्दको मौका छोपेर बीमाको लोभमा घोराहीको कुइरेपानी बबई खोलाको पुल नजिक लमही जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाएका थिए ।



    जिल्ला प्रहरी कार्यालय दाङले उनीहरूलाई सोधपुछका लागि बोलाउँदा बीमाका लागि आगो लगाएको खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार