Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काभ्रेमा बम डिस्पोज गरे पछि सवारी साधन सुचारु

    काभ्रेमा बम डिस्पोज गरे पछि सवारी साधन सुचारु

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 918
    SHARES

    फाइल तस्विर

    काभ्रे । बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधान सुचारु भएका छन ।

    धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको धुलिखेलले डिस्पोज गरेपछि सवारी साधान सुचारु भएको हो ।



    खतरा लेखिएको प्रेसर कुकर बम राजमार्गमा देखे पछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । सो खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो ।



    बम राख्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रे प्रहरीले बन्दकर्ताले आजको बन्द सफल बनाउन सो बम राखेको आशंकासहित अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार