Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • टिप्परमा आगजनी गर्ने चालक र सहचालक पक्राउ

    टिप्परमा आगजनी गर्ने चालक र सहचालक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 780
    SHARES

    दाङ । नेपाल बन्दको बहानामा टिप्परमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।

    मंगलबार बिहान साढे चार बजे टिप्परमा आगजनी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।



    पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण रहेका छन्।



    घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ख १६९४ नम्बरको टिप्परमा बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो।

    नेकपाले बन्द कार्यक्रम बिहान ५ बजे पछि मात्रै भएको भन्दै टिप्पर आगजनीमा आफूहरूको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार