Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बैतडीका दुई ठाउँमा पनि शंकास्पद वस्तु फेला, डिस्पोजल टोली घटनास्थल पुग्यो

    बैतडीका दुई ठाउँमा पनि शंकास्पद वस्तु फेला, डिस्पोजल टोली घटनास्थल पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1K
    SHARES

    बैतडी । बैतडीका दुई ठाउँमा पनि शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको सतबाँझ क्षेत्रमा सडकमा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ ।



    यस्तै, सतबाँझ–गोकुलेश्वर सडकखण्डको बीचमा पनि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।



    सडकमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार