Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गोरखामा मुख्य सडकमै ‘कुकर बम’ भेटियो, सवारी साधन ठप्प

    गोरखामा मुख्य सडकमै ‘कुकर बम’ भेटियो, सवारी साधन ठप्प

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 2.4K
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखामा शंकास्पद वस्तु भेटिएको छ । सदरमुकामको मुख्य सडकमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिका-९ कट्टेलचोकको बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ ।



    शंकास्पद वस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ । बिहान पाँच बजे कुकर बम जस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणले प्रहरीमा खबर गरेको बताइएको छ ।



    अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सो स्थानमा पुगेको छ । केही समयमा नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको गोरखा प्रहरीले जनाएको छ ।

    शंकास्पद वस्तु भेटिएपछि गोरखा सदरमुकामको मुख्य मार्ग हुँदै चल्ने सबै सवारी साधन बन्द रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार