Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पाँच लाख दिन नमानेपछि खजाञ्चीले राखेका थिए पसलअगाडि शंकास्पद वस्तु

    पाँच लाख दिन नमानेपछि खजाञ्चीले राखेका थिए पसलअगाडि शंकास्पद वस्तु

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । पैसा नदिएपछि सिनामंगलमा सुन पसलको सटर बाहिर शंकास्पद वस्तु राखेको घर धनीले बताएका छन् ।

    घर धनी युगल किशोर यादवले आफूलाई हिजोदेखि नै एक व्यक्तिले फोन गरेर पाँच लाख रुपैयाँ मागेको बताएका हुन् ।



    सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो । डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको सेनाले बताएको छ । यसैबीच उक्त घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।



    सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ । आफूले दिन नमानेपछि आफ्नो घर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको घर धनी यादवले बताए ।

    सिनामंगलको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि कालो टेपले बेरेको र तार बाहिर निस्किएको शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्र वरपरका पसल बन्द थिए । सेनाको टोलीले निष्कृय पारेपछि पसलहरु खुलिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार