Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • चितवनको सहिद स्मारक कलेजमा शंकास्पद वस्तु फेला

    चितवनको सहिद स्मारक कलेजमा शंकास्पद वस्तु फेला

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 435
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनको कलेजमा शंकास्पद वस्तु फेला परेको छ ।

    जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १९ सारदानगरस्थित सहिद स्मारक कलेजमा कालो टेपले बेरेको हरियो तार जडान भएको शंकास्पद वस्तु फेला परेको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कलेजको पार्किङ क्षेत्रमा कार्टुनमा हरियो र कालो टेपले बेरेको हरियो तार जडान भएको वस्तु फेला परेको छ ।



    उक्त वस्तुमा ‘स्ववियु निर्वाचन रद्द गरौं’ लेखिएको बताइएको छ । उक्त स्थानमा प्रहरी खटिएको र नेपाली सेनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार