Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल बन्दको प्रभाव : चितवनमा ६ सवारी साधन तोडफोड, पाँचजना पक्राउ

    नेपाल बन्दको प्रभाव : चितवनमा ६ सवारी साधन तोडफोड, पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    चितवन । बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् । भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् ।

    बन्द आह्वान कर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    सवारी साधन तोडफोड गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका छन् ।



    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार