Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केन्याविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    केन्याविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा टस जितेर ब्याटिङ गर्ने भएको छ ।

    नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल केही समय ढिला सुरु भएको हो । आजको खेलमा नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । नयाँ प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा नेपालले पहिलो खेल खेल्दैछ ।



    पाँच खेलको टी–ट्वान्टी सिरिजको दोस्रो खेल भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम खेल भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।



    आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ । सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, सन् २०१४ मा यूएईमा नै भएको खेलमा केन्याबिरुद्ध नेपालले ६ विकेटको जित निकालेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार