Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालेनलाई बस्नेतको तिखो प्रहार, भन्छन् – घरको नक्सा हेर्न मन भए सूर्यविनायक काजमा आउनुस्

    बालेनलाई बस्नेतको तिखो प्रहार, भन्छन् – घरको नक्सा हेर्न मन भए सूर्यविनायक काजमा आउनुस्

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जवाफ फर्काउदै आफ्नो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउन आग्रह गरेका छन् । अल्फाबिटामा डोजर चलाएपछि मेयर बालेनप्रति असन्तुष्टी जनाउँदै बस्नेतले सामाजिक सञ्जालमा तिखो प्रहार गरेका हुन् ।

    साथै उनले डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउन आग्रह गरेका छन् । ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।



    बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए ।



    ‘तपाइँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् ।

    बस्नेतले २,४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई आग्रह गरेका छन् । बस्नेतले फेसबुकमा लेखेको छन् ‘विगतका यस्ता २,४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ । गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यसको विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका बिरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार