Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • लिबियाको त्रिपोलीमा दोहोरो भिडन्त हुँदा २३ जनाको मृत्यु

    लिबियाको त्रिपोलीमा दोहोरो भिडन्त हुँदा २३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 804
    SHARES

    एजेन्सी । लिबियाको राजधानी त्रिपोलीमा विद्रोही समूह र सरकारी समूहबीच भिडन्त भएको छ ।

    भिडन्तमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । दुई पक्षीय गोली हानाहान हुँदा १४० जना मानिसहरु घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    शनिवार राति भएको उक्त घटनाले सहरमा कोलाहल मच्चिएको थियो। ठुलो ठुलो आवाजमा बन्दुक पड्केको आवाज सुनिएको थियो। दुई पक्षीय भिडन्तमा परी केही घरमा क्षति पुग्नुका साथै केही कारहरुसमेत जलेका छन्।



    घटनामा परी त्यहाँका हास्य कलाकार मुस्ताफा बराकाकोसमेत ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघले तत्काल युद्धविराम गर्न दुबै पक्षलाई आह्वान गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार