Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुनखानीका कामदारहरूबीच भिडन्त : एक सय जनाको मृत्य, ४० घाइते

    सुनखानीका कामदारहरूबीच भिडन्त : एक सय जनाको मृत्य, ४० घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अफ्रिकी मुलुक चडको उत्तरी विकट क्षेत्रमा अवैध सुनखानीका कामदारहरूबीच भिडन्त हुँदा करिब एक सय जनाको मृत्यु भएको छ ।

    भने अन्य चालिस जना घाइते भएको रक्षामन्त्री दाउद याया ब्राहिमले जानकारी दिए । उनका अनुसार दुईजना व्यक्तिबीचको सामान्य विवादबाट सो घटना घटेको हो ।



    लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्रमा चड र अन्य छिमेकी मुलुकमा मानिस सुन खोज्न आकर्षित हुने गरेका छन् ।



    यो हिंसात्मक घटना गत साता घटेको भएपनि सोमबार मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार