Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो – डेंगु तीव्र रूपमा फैलिइरहेकाले सतर्क रहनू

    स्वास्थ्य मन्त्रालयले भन्यो – डेंगु तीव्र रूपमा फैलिइरहेकाले सतर्क रहनू

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । डेंगु संक्रमण तीव्र रूपमा फैलिइरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन अपिल गरेको छ ।

    मन्त्रालयकाअनुसार ०७८ माघयता भदौ १४ गतेसम्म दुई हजार आठसय २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये जेठ १५ यता मात्रै एक हजार चारसय ४० जना संक्रमित थपिएका छन् ।



    यो वर्ष बागमतीमा सबैभन्दा धेरै एक हजार छसय ९७ जना डेंगु संक्रमित भएका छन् । लुम्बीनी प्रदेशमा छसय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।



    मन्त्रालयका अनुसार हालसम्म ६८ जिल्लाहरूमा एक वा एकभन्दा बढी डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

    यो वर्ष डेंगु प्रकोपकै रूपमा फैलिइरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार