Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोशी प्रदेशका ११ जिल्लामा फैलियो डेंगु संक्रमण

    कोशी प्रदेशका ११ जिल्लामा फैलियो डेंगु संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 654
    SHARES

    विराटनगर । लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण निरन्तर उकालो लाग्दै गएको देखिन्छ । पछिल्लो समय विशेषगरि डेङ्गु सङ्क्रमण कोशी प्रदेशमा बढी फैलिरहेको छ ।

    एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा हुने उक्त सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिसकेको छ ।



    कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा दुई सय ४० जना डेङ्गुका बिरामी फेला परेका छन् । यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु रोगीको सङ्ख्या तीन सय १२ जना पुगिसकेको छ । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेङ्गु फैलिएको पाइएको छ ।



    पछिल्लो सातामात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेङ्गुका बिरामी फेला परेका छन् ।

    प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेङ्गुका बिरामी भेटिएका छन् । सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार