Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बर्खा लागेसँगै भयावह बन्दै डेंगुको ‘प्रकोप’ : बिरामी चार हजार नाघे, सुनसरीमा मात्र दुई हजार पाँच सय

    बर्खा लागेसँगै भयावह बन्दै डेंगुको ‘प्रकोप’ : बिरामी चार हजार नाघे, सुनसरीमा मात्र दुई हजार पाँच सय

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 597
    SHARES

    काठमाडौं । लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा नेपालमा पछिल्लो समय डेंगु संक्रमितको संख्या बढीरहेको छ। देशभर डेंगुका बिरामी चार हजार नाघेका छन् ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार चार हजार दुई सय ८९ जना डेंगुका बिरामी भएका छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेंगुको संक्रमण भएको थियो ।



    कोशी प्रदेशमा दुई हजार सात सय ५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा तीन सय ४४, सुदूरपश्चिम प्रदेशमा तीन सय १६, लुम्बिनी प्रदेशमा एक सय ६६, मधेस प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेंगुका बिरामी रहेका छन् ।



    डेंगु संक्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । सुनसरीमा दुई हजार पाँच सय ४२, धादिङ चार सय एक, कास्कीमा दुई सय पाँच, दार्चुलामा एक सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा जना ३८ बिरामी छन् ।

    डेंगु संक्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण महाशाखाले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार