Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालमा डेंगु संक्रमितको संख्या ३ हजार नाघ्यो

    नेपालमा डेंगु संक्रमितको संख्या ३ हजार नाघ्यो

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 924
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा पछिल्लो समय डेंगु संक्रमितको संख्या बढीरहेको छ।

    ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडा अनुसार देशभर डेंगु बिरामीको संख्या ३ हजार भन्दा बढी रहेको छ ।



    महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगीको बिरामी पुष्टि भएको जनाएको थियो ।  गत दुई साताको अवधिमा डेंगु संक्रमित बिरामीको संख्या थपिएर ३ हजार नाघेको हो ।



    महाशाखाका अनुसार सबैभन्दा बढी डेंगुका बिरामी सुनसरी जिल्लामा पुष्टि भएको छ । सुनसरीमा १५ सय ७१ जना संक्रमित रहेको महाशाखाको भनाइ छ ।

    यस्तै, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, संखुवासभामा ५८, काठमाडौंमा ४६, कञ्चनपुरमा ३९ भक्तपुरमा ३५, म्याग्दीमा ३२, र झापामा ३२ जना जना संक्रमित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार