Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ६ महिनामा ५४ हजारमा डेंगु, ६७ जनाको मृत्यु

    ६ महिनामा ५४ हजारमा डेंगु, ६७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 735
    SHARES

    काठमाडौं । नेपालमा पछिल्ला ६ महिनामा ५४ हजारभन्दा बढी मानिसमा डेंगु संक्रमण पुष्टि भएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकानुसार जुलाई यता आजसम्म ५४ हजार ६७ जना संक्रमित पहिचान भएका छन् ।



    यो वर्ष जनवरीदेखि नै फाट्टफुट्ट संक्रमण देखिए पनि जुलाई यता भने संक्रमणले उच्च रूप लिएको थियो ।



    ६ महिनामध्ये सबैभन्दा धेरै सेप्टेम्बरमा २७ हजार ५२९ जनामा डेंगु पहिचान भएको थियो । अक्टोबरमा १७ हजार ८८९, नोभेम्बरमा चार हजार ४२ र डिसेम्बर ११ सम्म १७९ जनामा डेंगी पुष्टि भएको छ ।

    योसँगै यो वर्ष डेंगु संक्रमितको संख्या ५४ हजार २३२ पुगेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार यो ६ महिनामा डेंगी संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार