Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डेंगु संक्रमितको संख्या तीन हजारनजिक, सबैभन्दा बढी सुनसरीमा

    डेंगु संक्रमितको संख्या तीन हजारनजिक, सबैभन्दा बढी सुनसरीमा

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 828
    SHARES

    काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या तीन हजार नजिक पुगेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांक अनुसार जनवरीयता जुलाई १५ सम्म संक्रमितको संख्या दुई हजार ९३० पुगेको हो ।



    यो अवधिमा ६६ जिल्लामा फैलिएको डेंगुबाट सबैभन्दा बढी सुनसरीमा एक हजार ५७१ जना संक्रमित भएका छन् ।



    त्यस्तै, धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या १०० भन्दा माथि छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी १०७ जना संक्रमित भएका छन् ।

    सन् २०२२ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार ७७४ जनामा डेंगु देखिएको थियो । सो समयमा डेंगुका कारण ८८ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार